निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने



काठमाडौं- नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन्।

आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘गठवन्धनका विषयमा कुरा उठेको छैन। कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ।’ कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ।

फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताईन्। उनले भनिन्, ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ। विश्वास गर्नुपर्‍यो। समयमा नै अधिवेशन हुनुपर्छ।’ महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताईन्। राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताईन्।

कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताईन्। पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन्, ‘यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ।’