पूर्वसांसद सहित २५० भन्दा बढी काङ्ग्रेस प्रवेश
कपिलवस्तु । कपिलवस्तुको मायादेवीमा विभिन्न पार्टी परित्याग गरी २५० बढी काङ्ग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन माओवादीकी संविधानसभा सदस्य इन्द्रवती यादव, नया शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेसवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ लगायत नेता कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका हुन ।
नवप्रवेशीहरूलाई आज मायादेवी गाउँपालिकाको डुमरामा आयोजित कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले स्वागत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार पुर्णरूपमा विफल भएको आरोप लगाए ।
दुईतिहाई सरकारले एक वर्षको अवधिमा माखो पनि मार्न नसकेको भन्दै महामन्त्री कोइरालाले बाँकी ४ वर्षमा पनि केही गर्न नसक्ने दाबी गरे । उनले सरकारले जनतालाई पूरा नर्ग नसक्ने सपनाको पोका बाँडेको बताए ।
‘उनले काङ्ग्रेसले सदनमा सशक्त प्रतिपक्षको भूमिका आशा गरेअनुसार निभाउन नसकेको स्वीकार गर्दै सरकारको कमीकमजोरीका बिषयमा काङ्ग्रेसले जोडदार आवाज भने उठाएको दाबी गरे।