कांग्रेस बैठक भोलि बस्ने तर चुनावी कुरा उठाउन नपाईने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कांग्रेस बैठक भोलि बस्ने तर चुनावी कुरा उठाउन नपाईने



कांग्रेस सभापति शेरबहादुर देउवाले चौतर्फी दबाबपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ ४ गतेका लागि बोलाएका छन् । आजको कान्तिपुरमा खबर छ ।

निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीभित्रकै युवा नेताहरूले देउवालाई दबाब दिँदै आएका थिए ।

निर्वाचनपछि पहिलोपटक बैठक बोलाइएको हो । निर्वाचनको समीक्षाका लागि बैठक बोलाउन दबाब परे पनि सभापति देउवानिकट नेताहरूले माघ ४ को बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी एजेन्डामा मात्रै छलफल हुने बताएका छन् ।

‘समीक्षा बैठक पछि छुट्टै बस्छ, ४ गतेको बैठकमा राष्ट्रिय सभा निर्वाचनका विषयमा मात्रै छलफल हुन्छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माघ ४ को बैठक लामो समय नजाने संकेत गरे । प्रतिनिधिसभा र

प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षाको विषय पनि प्रवेश हुने उनले बताए ।