बूढानीलकण्ठमा कांग्रेसको बैठक शुरू हुँदै: के छन् एजेण्डा ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बूढानीलकण्ठमा कांग्रेसको बैठक शुरू हुँदै: के छन् एजेण्डा ?



काठमाडौं- नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे बैठकमा छलफल हुने ।

पौठेर्लका अनुसार बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे समेत छलफल हुनेछ । बैठकमा पार्टी सभामपतिले मंगलबार विपक्षी गठबन्धनको भएका छलफलबारे पनि जानकारी दिनेछन् ।