कांग्रेस मतदान: निर्वाचन प्रमुखले मागे माफी
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थलमा रिर्पोटिङ गर्ने पत्रकारसँग महाधिवेशन केन्द्रीय निर्वाचन समितिका प्रमुख गोपालकृष्ण घिमिरेले माफी मागेका छन् ।
सोमबार प्रहरीले दव्र्यवहार गरेको भन्दै आन्दोलनरत पत्रकारसामू आएर उनले माफी मागेका हुन् । घिमिरेले माफी मागेपछि क्यामरा डाउन गरेर बसेका फोटो पत्रकार काममा फर्किएका छन् ।
‘हामीबाट गल्ती भयो, माफी दिनू’ घिमिरेले पत्रकारमाझ आएर भनेपछि फोटोपत्रकारहरू काममा फर्किएका हुन् । मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मी र निर्वाचन समितिका सदस्यहरूले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका थिए ।