कांग्रेस महासमितिको बैठक छिट्टै,पार्टीभित्र मुस्लिमलाई आरक्षण बढाउँछु :देउवा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

कांग्रेस महासमितिको बैठक छिट्टै,पार्टीभित्र मुस्लिमलाई आरक्षण बढाउँछु :देउवा



काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमितिको बैठक छिट्टै बस्ने बताएका छन्।

पार्टी मुख्यालय सानेपामा मुस्लिम संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले महासमिति बैठक छिट्टै बोलाइने बताए। उनले महासमितिको बैठक कहिले बोलाइने भन्ने कुरा भने खुलाएनन्।

यसैबीच महासमितिमा मुस्लिमहरूका लागि आरक्षण बढाउने समेत देउवाले बताएका छन्। कार्यक्रममा मुस्लिम संघका अध्यक्ष अब्दुल सदरले कांग्रेसमा मुस्लिमलाई आरक्षण कम भएको गुनासो गरेपछि सभापति देउवाले महासमितिपछि विधान संशोधन गरी आरक्षण बढाउने प्रतिबद्धता जनाए।

यसैबीच संघले बिदा कटौतीको विरोध गर्दै आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

यता पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य उद्घाटन समारोहमा सहभागी भएकाले आजको केन्द्रीय समिति प्रभावित भएको छ। आज ९ बजे बस्ने भनेको केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन।