कांग्रेसका महामन्त्री कोइरालाले बोलाए गुटको बैठक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेसका महामन्त्री कोइरालाले बोलाए गुटको बैठक



काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटको बैठक बोलाएका छन् ।

उनले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुने बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुँदैछ ।

यसअघि मंगलबार कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेस नेताहरुलाई घरमा बोलाएर लञ्च मिटिङ गरेकी थिइन् ।