काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने



काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभाद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै काँग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गर्ने निर्णय गरेको थियो । सरकारले माग पुरा गरेपनि आन्दोलन भने कायम छ ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एक साथ सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ ।