नेपाली काँग्रेसको समीक्षा बैठकमा कुटाकुट, उपचारका लागि घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याईयो ! - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

नेपाली काँग्रेसको समीक्षा बैठकमा कुटाकुट, उपचारका लागि घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याईयो !



स्याङ्जा- स्याङ्जाको वालिङमा सोमबार भएको नेपाली काँग्रेसको समीक्षा बैठकमा कुटाकुट भएको छ। बैठक चलिरहँदा अन्तर्घात भएको भन्ने विवाद चुलिएर हात हालाहाल हुँदा ३ जाना घाइते भएका छन्।

घाइते भेशराज अर्याल, कमल ढकाल र सुशील कफ्लेमध्ये अर्याल र ढकाललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ।

जिल्लामा काँग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो।

स्याङ्जा क्षेत्र नम्बर १ मा काँग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए।

काँग्रेसको समीक्षा बैठकमा सभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगेरेको आरोप लगाएपछि चर्किएको विवाद हात हालाहालसम्म पुगेको थियो।