कांग्रेसको आर्थिक कोषमा मनपरी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कांग्रेसको आर्थिक कोषमा मनपरी



काठमाडौं। क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ ।

यसअघि निकालिको डेढ करोडको खर्च अपारदर्शी भएको कोषाध्यक्षको गुनासोकै बीच दसैंमा ५० लाख निकालिएको छ । महामन्त्रीले घरमै बोलाएर चेकमा हस्ताक्षर गर्न गरेको आग्रह कोषाध्यक्षले नमानेपछि उनले आफैं हस्ताक्षर गरेर रकम निकालेका छन् । यसरी कोषमा मनपरी गरेपछि कोषाध्यक्ष यादवले पदाधिकारी बैठकमै गुनासो गरेकी छन् ।

कांग्रेसमा खाता सञ्चालनका लागि कोषाध्यक्षसहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर चल्छ । नयाँ पत्रिकामा खबर छ ।