कांग्रेसले खाता नै खोल्न नसकेका १७ राज्य यी हुन् - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कांग्रेसले खाता नै खोल्न नसकेका १७ राज्य यी हुन्



नयाँदिल्ली– भारतीय लोकसभा चुनावमा कांग्रेस पार्टीले १७ राज्यमा खाता समेत खोल्न सकेन।

निर्वाचन आयोगका अनुसार कांग्रेसले आन्ध्र प्रदेश, हरियाणा, गुजरात, हिमाचल प्रदेश, जम्मुकस्मिर, उत्तराखण्ड, मणिपुर, नागाल्यान्ड, मिजोरम, दिल्ली, ओडिसा, सिक्किम, राजस्थान, चण्डीगढ, दागर र नगर हवेली, दमन र दीव, लक्षद्वीपमा एक सिट पनि जित्न सकेन।

यी राज्यमध्ये हरियाणामा गएको चुनावमा कांग्रेसले एक सिटमा जित हासिल गरेको थियो। यस पटक कांग्रेसले केरलमा सबैभन्दा बढी १४ क्षेत्रमा जित हासिल ग¥यो भने तमिलनाडु र पन्जावमा आठ–आठ सित जितेको छ।