कांग्रेस अर्घाखाँचीको संगठन शुद्धिकरणलाई तिव्रता, खनदहमा वृहत भेला सम्पन्न - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

कांग्रेस अर्घाखाँचीको संगठन शुद्धिकरणलाई तिव्रता, खनदहमा वृहत भेला सम्पन्न



घनश्याम पौडेल /खनदह, २६ फागुन
नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले जिल्लाका सवै गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण, विकास निमार्णका काममा प्रतिनिधी खटाएसँगै दैनिक जसो जिल्लाका विभिन्न ठाउँमा कांग्रेसको पार्टी सुदृणीकरण, पशिक्षण भेला तथा अन्तरक्रिया कार्यक्रम जिल्लाको खनदह गाविसमा सम्पन्न गरेको छ ।

खनदह गाविसको आयोजनामा खनदहमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कांग्रेस नरपानीलाई पहिलो पार्टी बनाउन सवै लागीपर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले आफनो क्षेत्र खनदह र खनको विकास कांग्रेसले गरेको बताउनुभयो, मुस्कानले आफनो क्षेत्रलाई विकासका लागी २४ सै घण्टा कांग्रेस अर्घाखाँची र आफु सधै तयार रहेको बताउनुभएको थियो ।

मुस्कानले छिट्टै स्थानिय निकायको चुनाव हुन लागेकोले सन्धिखर्क नगरापालीकामा कांग्रेसको जित सुनिश्चत रहेकोले सवै कांग्रेस वडा कार्य समिती, क्रियाशिल सदस्य, शुभेच्छुक व्यक्ती तथा गाविस बासिलाई एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा खनदहमा खटिएका पतिनिधी नेपाल तरुण दलका पुर्व अध्यक्ष तथा जिल्ला सदस्य पिताम्बर खनाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगाएतले मन्तव्य राख्दै तरुण दलले खनदहको विकासमा कुनै कसुर बाकी नराख्ने प्रतिवद्धता राख्दै जतिसुकै बेला पनी विकासको काममा लागी तयार रहेको बताएका थिए ।

सोही कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा ८ जना प्रवेश गरेको नेपाली कांग्रेस खनदहका सभापतीले जानकारी दिनुभएको छ ।