कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप,दुई सेल अश्रु ग्यास प्रहार - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप,दुई सेल अश्रु ग्यास प्रहार



काभ्रे। काभ्रेको बनेपामा नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। स्थिति नियन्त्रण लिन प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको बताइएको छ।

केही दिनअघि हतियारसहित राजधानीबाट पक्राउ परेका कांग्रेस नेता गणेश लामाको रिहाको माग गर्दै शनिबार साँझ करीब ६ बजेतिर निकालेको मसाल जुलुस प्रहरीले नियन्त्रण गर्ने खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा प्रहरी माथि जुलसमा सहभागीले ढुङगामुढा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए।

लामा गएको बुधवार राजधानीको गौशालाबाट एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । लामाको रिहाको माग गर्दै कांग्रेस काभ्रेले आन्दोलनको नेतृत्व गरेको हो।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी काभ्रे कांग्रेसले रिहाइको माग गरेको थियो । साथै विनाशर्त रिहा नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएको थियो ।