कार्यदलले बुझायो क्रियाशील सदस्यताको प्रतिवेदन
काठमाडौं- नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित कार्यदलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। बूढानीलकण्ठमा सोमबार बेलुकी भएको छलफलपछि कार्यदलले प्रतिवेदन बुझाएको हो।
देउवासँगको छलफलमा पौडेल र कार्यदलका सदस्यहरु सहभागी थिए। साउन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले कृष्ण सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदल गठन गरेको थियो।
कार्यदललाई भदौ ३ सम्मको समय दिइएको थियो। विवाद समाधान हुन नसकेपछि कार्यदलले ढिलो गरी प्रतिवेदन बुझाएको हो।