तालमेलबारे पार्टीको निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

तालमेलबारे पार्टीको निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने



काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनबारे पार्टीले गरेको निर्णय उल्लंघन गर्नेलाई अनुशासन कारबाही गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टीले गरेको निर्णयविरुद्ध नलाग्न मातहत सबै समितिहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

कांग्रेस उपसभापति एवं परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पार्टी निर्णयको पालना नहुनुलाई विधान र अनुशासन उल्लघंनको रुपमा लिने स्मरण गराएको हो ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठकले चुनावी तालमेलबारे पार्टीको केन्द्रीय समितिले गरेको निर्णय सबैले मान्नुपर्ने बताए ।

आजको बैठकमा पार्टीको केन्द्रीय समितिले गठबन्धनका सन्दर्भमा गरेको निर्णय पालना गर्नु सबैको नैतिक दायित्वको विषय हो । यसको उल्लघंन गर्नु पार्टीको अनुशासन जोडिने विषय हो । त्यसैले पार्टीको निर्णय सबैले मान्नुपर्छ भन्ने छलफल बैठकमा भएको छ’, महरले पत्रकारहरूसँग भने ।

बैठकले विभिन्न ७ वटा समितिहरू गठन गरेको छ । जुन यसप्रकार छन्-

१. भ्रातृ संघ समन्वय एवं परिचालन समिति

२. शुभेच्छुक संस्था समन्वय एवं परिचालन समिति

३. जिल्ला सम्पर्क समन्वय एवं परिचालन समिति

४. विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति

५. अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति

६. निर्वाचन सुरक्षा निकाय उपसमिति

७. आचार सहिंता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति