कांग्रेसका स्थानीय नेता वर्माको निधान - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

कांग्रेसका स्थानीय नेता वर्माको निधान



कपिलवस्तु । नेपाली कांग्रेसका स्थानीय नेता भोला प्रसाद वर्माको ७५ वर्षको उमेरमा निधान भएको छ । कपिलवस्तु नगरपालिका वडा नं १ निवासी वर्मा २०४६ सालदेखी अनवरत रुपमा वडा नं १ को वुध सभापतिमा काम गर्दै आएका थिए ।

वर्माको निधन प्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दुःख व्याक्त गरेका छन, वर्माको कांग्रेस प्रतिको योगदानको चर्चा गर्दै उनको पार्थक शरिरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओडाई अन्तिम सम्मान गरिएको थियो उक्त सम्मान शरिकमा नेपाली कागेंसका पुर्व पार्टी सभापति सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख किरणं सिंह, प्रदेश सभा सदस्य रिना नेपाल, , नेपाल विद्यार्थी सघका सह महामन्त्री प्रकाश घिमिरे , कांग्रेस नेता देवी वर्मा लगायतको उपस्थिती रहेको थियो ।

यसै विच निधन प्रति दुःख व्याक्त गर्दे नेपाली कांग्रेस कपिलवस्तुले एक शोक विज्ञप्ती जारी गरेको छ । पार्टी सभापति सुरेन्द्रराज आर्चाय द्धारा जारी विज्ञप्तीमा भोला प्रसाद वर्माले लोकतन्त्रको संस्थागत विकासको लागी पुर्याएको योगदानको चर्चा गर्दै एक सच्चा नेता गुमानुपरेको हुंदा पार्टीलाई अतुलनिय क्षती भएको जनाएको छ । निधन प्रति गहिरो समवेदना व्याक्त गरिएको छ ।

यसै विच नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ३ ले समेत शोक विज्ञप्ती जारी गरेको छ । क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेले वर्माको निधनले पार्टीलाई अतुलनिय क्षती पुगेको भन्दै समवेदना व्याक्त गरिएको छ ।