देउवा निवासमा कांग्रेस–जसपा बैठक: संसद अधिवेशन ब्युँताउने
काठमाडौँ- नेपाली कांग्रेस र जनता समाजवादीका पदाधिकारीका नेताबीच भेटवार्ता भएको छ। संसद् अधिवेशन अन्त्य गरिएको विषयमा नेपाली कांग्रेस र जनता समाजवादीका नेताहरुबीच आइतबार छलफल भएको हो ।
एमसीसी, नागरिकता संशोधनलगायत तत्काल गरिनुपर्ने विषयमा छलफल हुनुपर्नेमा संसद् अधिवेशन अन्त्य गरिएको भन्दै दुई पार्टीका पदाधिकारी छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरेको र यसलाई ब्युँताउनेबारे छलफल भएको बताइएको छ ।
देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा जसपाका महन्त ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो, बाबुराम भट्टराई सहभागी छन् ।
कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
जसपा नेताहरुले भेटघाटका लागि बोलाएकाले छलफल डाकिएको उनले बताए ।