कांग्रेसले अब हिन्दु धर्मको एजेण्डा उठाउने ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कांग्रेसले अब हिन्दु धर्मको एजेण्डा उठाउने !



काठमाडौं: कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ ।

केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् । यो विषयले २८ मंसिरदेखि काठमाण्डुमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।

यसअघि महामन्त्री शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए । नयाँ पत्रिकाबाट