काँग्रेस हार्नुमा नवजोत सिद्धु प्रमुख रहेको खुलासा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काँग्रेस हार्नुमा नवजोत सिद्धु प्रमुख रहेको खुलासा



काठमाडौँ। भारतमा भएको लोकसभा चुनावमा काँग्रेस पत्ता साफ हुने लगभग पक्का भइसकेको छ । नतिजा आउँदै गर्दा भारतीय काँग्रेस पार्टीमा आरोप प्रत्योरोप सुरु भएको छ ।

पन्जाबका मुख्यमन्त्री क्याप्टेन अमरेन्द्र सिंहले काँग्रेस हार्नुमा नवजोत सिद्ध प्रमुख रहेको बताएका छन् ।

पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भएपछि उनलाई बधाई दिन सिद्धु पाकिस्तान गएका थिए ।

त्यसपछि उनी निकै ठुलो विवादमा परेका थिए । यसै घटनालाई आधार मानेर उनले सिद्धमाथि आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘सिद्धुले इमरान खानलाई अगाँलो मार्नु भारतीय काँग्रेसलाई महँगो परेको छ ।’

पन्जाबमा १३ सिटमा १३ सिट जित्ने अपेक्षा लिइएको तर सिद्धुका कारण सबै प्लान चौपट भएको उनले बताएका छन् ।

पन्जावमा ८ सिट जित्ने सम्भावना बलियो रहेको उनले बताएका छन् ।