कांग्रेस हारे पनि बिपीको विचारको जित : विश्वप्रकाश शर्मा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

कांग्रेस हारे पनि बिपीको विचारको जित : विश्वप्रकाश शर्मा



चितवन- नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीय रूपमा कमजोर भए पनि बिपीको विचारको जित भएको बताएका छन्।

नेपाली काँग्रेस, चितवनले सोमबार आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उनले काँग्रेस हारे पनि देशको जित हुनुपर्ने बताए।

बिपीको विचारलाई मनन गर्दै कम्युनिस्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट काँग्रेस कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको भनाइ राखे। बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिस्ट आइरहेको उनको भनाइ थियो।

काँग्रेसले मधेस-पहाड-तराई जोड्न सकेको भन्दै शर्माले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताए।