कांग्रेस गोविन्द केसीको पुच्छर समाएर बैतर्नी तर्न खोज्यो :प्रचण्ड - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेस गोविन्द केसीको पुच्छर समाएर बैतर्नी तर्न खोज्यो :प्रचण्ड



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूको एकताले प्रतिक्रियावादीलाई सहिनसक्नु भएको बताएका छन् ।

तत्कालीन एमाले सम्बद्ध प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल एसोसिएसन नेपाल र माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियर संगठनको एकता घोषणासभामा प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘हिजोको सामन्ती मानसिकता भएकालाई न दिनमा भोक लाग्या’ छ न रातमा निद्रा लाग्या’ छ । रात-दिन छटपटाइहेका छन्,’ प्रचण्डले भने, ‘ती प्रक्रियावादी रात-दिन बरबराउने स्थितिमा पुगेका छन् ।’

मुखमा जे आयो त्यही गाली गर्ने बढो विचित्रको खेल भएकोसमेत प्रचण्डको आरोप छ । ‘कहिले गोविन्द केसीको पुच्छर समाएर बैतर्नी तर्न खोज्ने कहिले गंगामाया अधिकारीको पुच्छर समाएर पार लग्न सकिन्छ भनी हेर्न खोज्ने यो प्रयास तपाईंले देख्नु भएकै होला,’ प्रचण्डले भने, पार्टी एकता गरेर सरकारले काम गर्दा नगर्दै पूरै अधिनायकवाद आउन थाल्यो भन्न खोजिँदै छ । हामीले नै नेतृत्व गरेको पार्टीले चुनाव गरेको भए बसिखान दिन थिएनन् होला शेरबहादुर देउवाले । देउवाले नेतृत्व गरेको सरकारमा हामीले दुईतिहाइ बहुमत ल्याएकाले विश्वलाई बोल्न अप्ठ्यारो भएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।