कांग्रेसकै नेताले भने : कांग्रेस गम्भीर मोडमा छ ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

कांग्रेसकै नेताले भने : कांग्रेस गम्भीर मोडमा छ !



काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले कांग्रेस अहिले इतिहासकै गम्भीर मोडमा रहेकाले सबैको भावनाको सम्मान, सबैलाई समेटेर जानुको विकल्प नरहेको बताएका छन्।

पार्टीको पर्सा जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सिके राउतसँगको सम्झौता लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता विपरीत भएको टिप्पणी गरे।

सिके राउत सरकारको देखाउने पात्र मात्रै भएको ठोकुवा गरे। जनमत संग्रहको कुरा राष्ट्रिय एकता विपरीत भएको उनको भनाइ थियो।