काँग्रेस धातिवाङ्गका काेषाध्यक्ष एमालेमा गएकाे अनावश्यक हल्ला - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

काँग्रेस धातिवाङ्गका काेषाध्यक्ष एमालेमा गएकाे अनावश्यक हल्ला



घनश्याम पाैडेल /धातिवाङ्ग, ३० चैत
नेपाली कांग्रेसकाे तेह्राै महाधिवेशनबाट निर्वाचित काेषाध्यक्ष दिनामणि पाैडेल एमालेमा गएकाे भन्ने अनावश्यक हल्ला भएकाे आफै बताए।

काेषाध्यक्ष पाैडेलले केही दिन अगाडि एमालेका सासंद दुमन थापा धातिवाङ्ग बाढुङगाकाे फिल्ड हेर्न आएका थिए, म पनि फिल्ड हेर्न गएकाे थिए, मैले एमालेकाे रसिद पनि काटेकाे हाेइन विभिन्न सञ्चार माध्यममा एमालेमा गयाे भन्ने समाचार अायाे मेराे यसमा आपत्ति छ ।

म काँग्रेस छाेडेर कहीँ पनि गएकाे छैन,एउटा सासंद अाएकाे ठाउँमा भाषण सुन्न जादैमा एमाले भईदैन उनले भने । अवदेखि यस्ता अनावश्यक हल्ला नफैलाउनुहाेस म काँग्रेसमा नै छु टेलिफोन मार्फत भने ।