कांग्रेसले देउवालाई दियो उम्मेदवार छान्ने अधिकार - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

कांग्रेसले देउवालाई दियो उम्मेदवार छान्ने अधिकार



काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर र उपमेयरका उम्मेदवारको अन्तिम टुंगो लगाउन पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको छ।

पार्टीको आइतबार बसेको बैठकले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको मेयर र विरगञ्‍ज, भरतपुर र पोखरा महानगरको उपमेयरको आधिकारिक उम्मेदवार टुंगो लगाउने जिम्मा पार्टी सभापति देउवालाई दिइएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय गरेको छ।

त्यसैगरि महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको रायसहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा विरगञ्‍ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली सभापतिलाई दिने निर्णय गरेको हो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ। निर्वाचन आयोगले दलहरुका लागि उम्मेदवार मनोनयको समय आइतबार र सोमबारका लागि तोकेको छ।