पार्टी हित विपरीत कुनै पनि काम, कारबाही र गतिविधि गरे कारबाही :कांग्रेस - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

पार्टी हित विपरीत कुनै पनि काम, कारबाही र गतिविधि गरे कारबाही :कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले नेता तथा कार्यकर्तालाई अब कडा अनुशासनमा राख्ने भएको छ । कांग्रेसको केन्दीय अनुशासन समितिले नेता तथा कार्यकर्तालाई कडा अनु्शासनमा राख्ने निर्णय गरेको हो । अनुशासन समितिले पार्टी र नेतृत्वविरुद्ध सामाजिक संजालमा अभिव्यक्ति समेत नदिन नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ

कांग्रेसले केहि दिनअघि भीष्मराज आङ्गदम्वेको संयोकत्वमा ३ सदस्यीय अनुशासन समिति गठन गरेको थियो । पूर्वराज्यमन्त्री देबेन्द्रराज कंडेल र किशोरसिंह राठौर सदस्य रहेको समितिको पहिलो बैठक मंगलबार बस्यो । बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गर्दै नेता तथा कार्यकर्तालाई पार्टी अनुशासनमा राख्न ३ बुँदे निर्णय गरेको छ ।

‘पार्टीहित विपरीत कुनै पनि काम, कारबाही र गतिविधि गरे त्यस्तालाई कारबाही हुन्छ’ निर्णय बुँदामा उल्लेख छ, ‘पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टीहित विपरीत गतिविधि गर्न, लिखित रुपमा अभिव्यक्ति दिन तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न पाउने छैेनन् । यदि कसैले त्यसो गरे कारबाही हुनेछ ।’