कांग्रेस सिन्डिकेटवाला व्यवसायीको पक्षमा ? - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

कांग्रेस सिन्डिकेटवाला व्यवसायीको पक्षमा ?



काठमाडौं- नेपाली कांग्रेसले आन्दोलनरत यातायात व्यवसायीमाथि धरपकड भएको भन्दै सरकारको आलोचना गरेको छ। का‌ंग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै व्यवसायीमाथि गरिएको धरपकड तत्काल बन्द गरी वार्ताको माध्यमबाट समाधान खोज्न सरकारलाई अपिल गरेका छन्।

पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यातायात व्यवसायीले आफ्नो व्यावसायिक हितका लागि विभिन्न माग राखी गरिएको आन्दोलनमा व्यावसायीउपर गरिएको धरपकड तत्काल बन्द गरी वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकार एवं आन्दोलनरत पक्षलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ।’

नेपाल लाइभसँग कुरा गर्दै मुख्य सचिव पौडेलले भने, ‘धरपकड गरेर समस्याको समाधान हुँदैन, दुवै पक्षले वार्ताबाट समाधान खोज्नुपर्छ।’

विज्ञप्तिमा यातायात बन्द गर्ने कार्यक्रमबाट आम नागरिकलाई पर्न गएको असुविधा र कठिनाइप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

सरकारले शुक्रबार सार्वजनिक यातायात बन्द गरी हडतालमा उत्रिएका ७३ व्यवसायीलाई गिरफ्तारमा लिएको छ।