कांग्रेस रुपन्देहीद्वारा आन्दोलनमा उत्रने घोषणा
बुटवल- प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ ।
शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार (भोलि) रुपन्देही बन्द गरी बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सांसदहरुलाई प्रदेशसभा बैठकमा जान नदिने रुपन्देही कांग्रेसले जनाएको छ ।
प्रदेशसभामा शुक्रबार दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेस भएको थियो । सो प्रस्तावमा यही असोज १९ गते छलफल गर्ने तयारी छ ।