सरकारको विरोधमा भीख माग्दै नेपाली कांग्रेस (बीपी)
काठमाडौं- कोरोना संक्रमणलाई देखाएर लकडाउन र निषेधाज्ञा मात्रै गरेको भन्दै नेपाली कांग्रेस (बीपी)ले विरोध जनाएको छ ।
सरकारले लकडाउन र निषेधाज्ञालाई मात्रै विकल्पको रुपमा अघि सारेको नेपाली काँग्रेस (बीपी)को आरोप छ ।
सबै जनसमुदायलाई अपील गर्दै आइतबार जारी गरिएको अपिलमा निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण जनता रोगले भन्दा पनि भोकले मर्ने दिन आउन लागेको बताइएको छ ।
सरकारको विरोधस्वरुप भिख मागेर दैनिक ज्याला मजदुरी गर्ने मजदुर, विद्यार्थी तथा निम्न वर्गलाई राहत वितरण गर्ने पनि अपीलमा जनाइएको छ ।
यसको सुरुवारस्वरूप पार्टीका महामन्त्री सुशीलमान शेरचनले सोमबार बालुवाटार क्षेत्रमा भीख मागेर राहत वितरण गर्ने जनाइएको छ ।