कांग्रेस नेताको उद्योगमा विप्लवको आक्रमण - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कांग्रेस नेताको उद्योगमा विप्लवको आक्रमण



काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा विप्लव समूहले आगजनी गरेको छ । उक्त क्रसर उद्योग कांग्रेस नेता कुनसाङ लामाको हो ।

आगजनीबाट चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगजनीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

वीपी राजमार्गको चौकीडाँडा नजिकै ३ वटा प्रेसकुकर बम पनि भेटिएका छन् । बम निष्कृय पार्न सेनाको टोली त्यसतर्फ पुगेको छ ।