कांग्रेस बलियो हुदै : नेपाल समता पार्टी नेपाली काँग्रेसमा गाभियो - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

कांग्रेस बलियो हुदै : नेपाल समता पार्टी नेपाली काँग्रेसमा गाभियो



काठमाडौं,असोज ३०  ।

नेपाल समता पार्टी विधिवत रुपमा नेपाली काँग्रेसमा गाभिएको छ । सोमबार मधेशी जनाधिकार फोरम लोकतान्त्रिक काँग्रेसमा गाभिएसँगै त्यो पार्टी पनि काँग्रेसमा गाभिएको हो । विधिवत रुपमा पार्टी भागिएपछि पार्टीका महासचिव विक्रम कुँवरले आफूहरुको पार्टी खोल्नुको मुख्य ध्येय नै पूरा भएकोले आफूहरु काँग्रेसमा प्रवेश गरेको बताए ।

उनले १० वर्षे जनयुद्ध र माओवादी द्वन्द्वलाई व्यवस्थापन गरी मुलुकमा शान्तिस्थापना गर्नको लागि पार्टी खोलिएको भन्दै यो उद्देश्य पूरा भएपछि लोकतान्त्रिक विचारधारा बोकेको नेपाली काँग्रेससँग एकता गर्ने पार्टी निर्णय बमोजिम नै आफूहरु काँग्रेसमा समाहित भएको बताए ।