कांग्रेसले बोलायो संसदीय दलको बैठक - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं- सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिला गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ ।

बुधवार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको बैठकमा मुलुकको समसामयिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ । बोलाइएको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फास्ट ट्रयाक’मा विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिलाइ गरिरहेको समयमा प्रतिपक्षी दलले संसदीय दलको कार्यसमिति बैठक बोलाएको हो ।