काङ्ग्रेसको १६ दिन लामो बैठकका यस्ता छन् निर्णय - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

काङ्ग्रेसको १६ दिन लामो बैठकका यस्ता छन् निर्णय



काठमाडौं– नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको १६ दिन लामो बैठक सकिएको छ । १४ कार्यसूचीमा सहमति गर्दै मंगलबार बैठक सम्पन्न भएको हो ।

बैठक गत असार २२ गतेदेखि शुरु भएर पटकपटक गरी १६ दिन बसेको थियो । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीको नियमावली, पार्टी विधानअनुसार अन्तरिम संरचना गठन प्रक्रिया अघि बढाउने, क्रियाशील सदस्यता नवीकरण एवं वितरण, पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको प्रतिवेदन प्रस्तुत, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत, अनुशासन समितिको कार्य प्रगति प्रतिवेदन प्रस्तुत, काङ्ग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा यसअघि नै निर्णय गरिसकेको छ ।

गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका १४ कार्यसूची प्रस्तुत गरेका थिए । निर्णयबारे विस्तृत जानकारी आज गराइने प्रवक्ता शर्माले बताए ।