काँग्रेसबाहेक सबैले केपी ओलीलाई समर्थन गर्ने - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

काँग्रेसबाहेक सबैले केपी ओलीलाई समर्थन गर्ने



काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा विश्वासको मत लिँदै छन् ।

राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन् । वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ । ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले शनिबार बसेको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरेका हुन् ।

ठाकुरले आइतबार ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरिएको जानकारी संसदमा गराए । राष्ट्रपतिबाट नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ओली प्रधानमन्त्री बनेको चैत ३ मा एक महिना पुग्दै छ ।