कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए, गठबन्धनलाई सहज - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए, गठबन्धनलाई सहज



काठमाडौं– नेपाली कांग्रेसका बागी उम्मेदवार कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । पोखरा महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन्।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले गठबन्धनलाई सघाउने निर्णय लिएको बताएका हुन्। पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन्।

‘साथीभाइको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, विज्ञप्तिमा उनले भनेका छन्, ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ।’