कांग्रेसमा बबण्डर : गठबन्धन विरुद्ध लाग्न नगरसभापतिले नै छाडे पार्टी - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

कांग्रेसमा बबण्डर : गठबन्धन विरुद्ध लाग्न नगरसभापतिले नै छाडे पार्टी



काठमाडौं- नेपाली कांग्रेस जनकपुरधाम नगर सभापति मनोजकुमार साहले पार्टी परित्याग गरेका छन्।

गठबन्धनको भागबण्डामा केन्द्रीय नेतृत्वले जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) लाई सुम्पेको भन्दै साहले नगरसभापतिका साथै पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका हुन्। कांग्रेस परित्याग गरेका साहले स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी दिने घोषणा गरेका छन्।

‘भ्रष्टाचार गरेको मान्छे जसपाको उम्मेदवार भएर आउने सम्भावना छ, त्यस्ता व्यक्तिलाई सहयोग गर्न सकिँदैन,’ राजीनामाको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘मधेस प्रदेस र जनकपुरलाई नेताहरूले कांग्रेसको उर्वरभूमि भन्ने गर्नु भएको छ। तर, केन्द्रीय समितिबाटै मधेस र जनकपुरलाई पाखा लगाउने काम भएको छ।’

गठबन्धनले गरेको भागबन्डाप्रति असन्तुष्ट साहलगायतका कांग्रेस नेताहरूले निर्णय सच्याउन केन्द्रलाई २४ घण्टाको अल्टिमेटमसमेत दिएको थियो। तर, त्यसअवधिमा निर्णय नसच्चिएपछि उनले राजीनामा दिएका हुन्।

‘रूख छाप र कांग्रेस अन्त्य पार्ने आत्मघाती निर्णय सच्याउन हामीले केन्द्रलाई अल्टिमेटम दिएका थियौं, कांग्रेस जसपाको हातमा सुम्पिनु हुँदैन भनेर हामीले भनेका थियौं,’ साहले भने,‘तर, केन्द्रले निर्णय सच्याएन बरू एकाधिकार लाद्न खोज्यो। बाध्य भएर राजीनामा दिएको हुँ।’

उनले कांग्रेस र कांग्रेको मतदाता जोगाउन पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनलागेको बताए।

‘कांग्रेसले रूख छापमै मत हाल्छ अरूमा मत हाल्दैन् साथीहरूको भनाइ रह्यो, स्वतन्त्र उम्मेदवारी दिँदा रूख चिह्न त रहँदैन तर म रहन्छु,’ उनले भने,‘कांग्रेस र कांग्रेसको मतदाता जोगाउन राजीनामा गरेर स्वतन्त्रबाट उम्मेदवारी रहन्छ।’