कांग्रेस गठबन्धनले अग्रता लिएका प्रदेश यी हुन् - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कांग्रेस गठबन्धनले अग्रता लिएका प्रदेश यी हुन्



काठमाडौं -भारतमा आजदेखि लोकसभा चुनावको मत गणना भइराखेको छ। २९ प्रदेशमध्ये सात प्रदेशमा मात्रै राहुल गान्धी कांग्रेस नेतृत्वको गठवन्धन अगाडि छ।

तामिलनाडु प्रदेशका ३९ सिटमध्ये अहिलेसम्म १६ सिटका मतगणना भइराखेका छन्। जहाँ १५ सिट कांग्रेस अगाडि छ भने १ सिट प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी नेतृत्वको एनडिएको अग्रता छ।

केरला प्रदेशका २० सिटमा १९ सिटको मतगणना भएको छ भने एक सिटको गन्न सुरु नै गरिएको छैन। १६ सिटमा कांग्रेस अगाडि छ भने ३ सिटमा अन्य पार्टीहरु अघि छन्।

लावस्कादीप प्रदेशको एक सिटमा कांग्रेस अगाडि छ। मेघालयको दुई सिटमा एक सिट कांग्रेस र एक सिट अन्य पार्टीले अग्रता लिएका छन्। पाण्डुचेरी प्रदेशका १ सिटमा कांग्रेस लिड गरेको छ भने १३ सिट रहेको पञ्जाबमा ८ सिटमा कांग्रेस, चार सिटमा भाजपा गठबन्धन र एक सिटमा अन्य अघि रहेको टाइम्सअफ इन्डियाले जनाएको छ।