चुनावमा कांग्रेस आत्तिनुका यस्ता छन् कारण !
काठमाडौं-
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपश्चात हरेक निर्वाचनलाई सहजताका साथ सामना गर्दै आएको नेपाली कांग्रेसले नयाँ संरचनाअनुसार पहिलोपटक हुन लागेको निर्वाचन २०७४ लाई भने ठूलो संकट र चुनौतीका रुपमा लिएको छ ।
प्रमुख वामघटक एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने लक्ष्यका साथ चुनावमा तालमेल गरेपछि कांग्रेसले अहिलेसम्मकै ठूलो संकट महसुस गरेको हो ।
तराइमा मधेसवादी दल र पहाडमा एमाले-माओवादीको चुपुवामा परेको कांग्रेसले खास गरी वाम गठबन्धनको विरोध गर्दै केन्द्रदेखि गाउँ तहसम्म चुनाव प्रचार प्रसारलाई आक्रामक ढंगले अगाडि बढाइरहेको छ ।
यसअघिका निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि अहिले तराई क्षेत्रबाहेक अन्यमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिस्पर्धामा वाम गठबन्धन बलियो भएकाले कांग्रेसलाई यो निर्वाचन जित्नु फलामको चिउरा चपाउनुजस्तै भएको छ । आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाइंले लेखेका छन् ।