डा. महतको कार्यक्रमलाई सुनियोजित तवरबाट बिथोल्न खोजियो - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

डा. महतको कार्यक्रमलाई सुनियोजित तवरबाट बिथोल्न खोजियो



कर्ण बहादुर अधिकारी
नुवाकोट क्षेत्र नं २ को जागरण अभियान लिएर नुवाकोट ढिकुरे बजारमा गर्न लागेको जागरण सभालाई बिथोल्न सुनियोजित तवरबाट माओबादी र नेपाली कांग्रेसकै केहि ब्यक्तिहरू लागेको प्रष्ट देखिएको छ।डा. महतको राजनितिक पृष्टभूमिलाई नै दख्खल पुराउने किसिमका कार्य गर्नु र गराउनु नीदनीय छ।जिल्लाको सिमाङ्कनका बिषयमा देखिएको समस्याहरूलाई सहमतिमा समाधान गर्नु पर्नेमा आगोमा ध्यू थप्ने कार्य गरेका छन्।कोण सभा गरी रहेको अबस्थामा एक्कासि कार्यक्रम स्थलमा ढुंगा हानेर बिथोल्न खोजे पछि प्रहरीले असुर ग्यास प्रहार गरेका थिए।त्यसरी पनि कन्ट्रोल नभए पछि रबरको गोली प्रहार गरीएको थियो।

नुवाकोट वासी जनताको दैनिक जनजीवनलाई नै असर पार्ने गरी बन्द गरीनु राम्रो कुरा होईन।सिमाङ्कनका बिषय साथ साथै नुवाकोट कांग्रेस भित्रको आन्तरिक द्वन्दका कारणले पनि हिजोको घटनामा मल जल पुगेको देखिन्छ।नुवाकोटका कांग्रेसकै अर्का पक्षिय कार्यकर्ताहरूले नै यस घटनाको समाचारलाई सामाजिक संजालमा एक आपसमा बाड्दै खुशी मनाई रहेको छ भन्ने कुरा देखिदै छ।

एकले अर्कोको कार्यक्रममा सहयोग पुराउनुको साटो उल्टो सुनियोजित तरीकाले बिथोल्नका लागि जगपेज हालेर अरूलाई उचाल्ने काम गर्नु कांग्रेसको धर्मले दिन्छ जस्तो लाग्दैन तर बास्तबिकता त्यस्तै देखिन गएको छ।