कोरोनाले आक्रान्त बनाएकै बेला कङ्गोमा इबोला भाइरसको ताण्डव - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कोरोनाले आक्रान्त बनाएकै बेला कङ्गोमा इबोला भाइरसको ताण्डव



एजेन्सी- संसारभरि कोरोना भाइरस महामारीले विश्व आक्रान्त बनाउएको बेला कङ्गोमा भने इबोला भाइरसले ताण्डव मच्चाउन थालेको छ ।

अफ्रिकी देश कङ्गोमा खतरनाक भाइरस इबोला पनि देखिएको छ । कंगो सरकारले देशलाई इबोलामुक्त भनी घोषणा गर्नै लागेको बेलामा हालैको दिनमा एकजना इबोलाकै कारण ज्यान गुमाउन पुगेका छन् ।

कंगो पहिलेदेखि नै विद्रोहीहरूको आक्रमणबाट जर्जर छ । अहिले कोरोना र इबोला दुई महामारीले पनि उसलाई सताइरहेका छन् ।

कंगोमा मार्च २७ मा एक युवकलाई इबोलाको लक्षण देखिन थाल्यो । उनलाई अस्पतालमा भर्ना गरियो र बिहीवार उनको मृत्यु भयो ।

सन् २०१८ को अगस्ट महिनापछि कंगोमा इबोलाले २२ सय ७६ जनाको ज्यान लिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले कंगोमा इबोलाका अन्य केसहरू पनि हुन सक्ने अनुमान लगाएको छ ।

इबोलाको लक्षण देखिएका रोगीलाई ज्वरो आउने, बान्ता आउने, छेर लाग्ने र रगत बग्ने समस्या हुन्छन् । अहिले फैलिएको महमारीमा संक्रमणग्रस्तमध्ये एकतिहाइको ज्यान गएको छ ।

सन् १९७६ मा पहिलोपटक इबोला भाइरस पत्ता लागेको हो । त्यसयता कंगोमा यस भाइरसका १० वटा आउटब्रेक भइसकेका छन् ।

सन् २०१३ देखि २०१६ को बीचमा इबोलाका कारण ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।