काँग्रेसले जितेका स्थानीय तहमा कर नलाग्ने - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

काँग्रेसले जितेका स्थानीय तहमा कर नलाग्ने



विराटनगर– नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर घटाउने तयारी भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले अत्यधिकरुपमा लगाइएको करका कारण जनताले विभिन्न समस्या झेल्नु आरोप लगाए ।

गच्छदारले काङ्ग्रेसबाट विजयी भएका नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई विकास बजेट परिचालन र कर घटाउने विषयमा आगामी सोमबार काठमाण्डुमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको बताए ।

उपनेता गच्छदारले आफ्नो पार्टीले सचेत प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारको असल कामको समर्थन र संविधान विपरीतको कामको विरोध गर्ने धारणा व्यक्त गरे ।
रासस