दुई सय बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दुई सय बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश



अछाम । चुनावताका देखिएको राष्ट्रवाद सत्तामा गएपछि स्खलित गएको भन्दै नेकपाका कार्यकर्ताहरुले विकल्प खोज्न थालेका छन्। राष्ट्रवादलाई सत्तामा पुग्ने भर्‍याङ मात्र बनाएपछि रुष्ट भएका नेकपाका कार्यकर्ताहरुले विभिन्न ठाउँमा पार्टी परित्याग समेत गरेका छन्।

राष्ट्रवादको नारा लगाएर सोझा मतदातालाई प्रभावित पारेपनि सत्तामा पुगेपछि त्यस अनुसारको व्यवहार नगरेपछि नेकपाका कार्यकर्ताहरु रुष्ट हुन थालका छन्। सत्तारुढ दलको हैसियतमा सरकारमा रहँदा गरेका व्यवहार तथा कामहरु राष्ट्रघाती देखिएको उनीहरुले आरोप लगाएका छन्। सिके राउतसँगको समहति त्यसैको उदाहरण भएको उनीहरुको भनाइ छ।

नेपाल देशलाई नै वेश्या भन्ने र तराई मधेशलाई अलग देश बनाउँछु भन्ने सिके राउतको स्वतन्त्र मधेश गठवन्धनसँग जनमतसंग्रह गर्न स्विकार्ने कुराले नेकपा खोक्रो राष्ट्रवाद भएको पार्टी रुपमा चित्रित भएको उनीहरुको आरोप छ।

राष्ट्रलाई घात गर्ने पार्टीमा रहने कुरा स्वाभिमानले पनि नदिने भन्दै अछामका दर्जनौ नेकपाका कार्यकर्ताहरुले सो पार्टी छोड्दै कांग्रेसमा प्रवेश गरेका हुन्।

तुर्माखाँद गाउँपालिका वडा नम्वर ४ मा तत्कालिन नेकपाबाट वडा अध्यक्षमा प्रत्यासी भएका उमेद्वार चक्र बहादुर वयक लगायत दर्जनौ नेकपा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्। उनीहरुलाई नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीमा स्वागत गरे।

नेकपासँगै राप्रपाबाट आएकाहरुलाई पनि कांग्रेस नेता लेखकले पार्टीमा प्रवेश गराए। तुर्माखाँदमा आयोजित पार्टीको कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गरेपछि सम्वोधन गर्दै लेखकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सिके राउतसँग गरेको सहमति राष्ट्रघात भएको बताए। उनले देश टुक्रयाउनका लागि जनमत संग्रह गर्ने कुरा सोच्न पनि नसकिने बताए।

लेखकले सत्तारुढ नेकपाले विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिवन्धमाथि पनि टिप्पणी गरे। उनले प्रतिवन्ध लगाउने सरकारी निर्णय र हत्या हिंसाकै राजनीतिमा उत्रने सरकार वाहिरको नेकपाको गतिविधी दुवैले राजनीतिक समाधान नदिने बताए। कुनै समय माओवादीसँग वार्ता गर्ने सरकारी टोलीका सदस्य समेत रहेका लेखकले विप्लव नेतृत्वको नेकपालाई वार्ताको माध्यमबाटै मूलधारमा ल्याउनु पर्ने बताए।