आन्दोलनमा राजपा र नयाँ शक्तिलाई पनि ल्याउने कांग्रेसको पहल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आन्दोलनमा राजपा र नयाँ शक्तिलाई पनि ल्याउने कांग्रेसको पहल



काठमाडौं – सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ ।

सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरुसँग छलफल गरे । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताए ।

छलफलमा देउवाले गोविन्द केसीसँगको मुद्दा मात्र नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएका थिए ।