ओली सरकारलाई नङ्ग्याउन कांग्रेसको देशव्यापी निर्देशन (पत्र सहित) - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ओली सरकारलाई नङ्ग्याउन कांग्रेसको देशव्यापी निर्देशन (पत्र सहित)



सोमबार भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकको भोलिपल्टै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सबै जिल्लाका सभापतिहरुको नाममा सर्कूलर जारी गरेका छन्।

महामन्त्री खड्काले जारी गरेको सर्कूलर हेर्दा के देखिन्छ भने, मूल्यबृद्धिलाई आधार बनाएर नेपाली कांग्रेस सरकारविरुद्ध आक्रामक हुने योजनामा छ।

सर्कूलरमा २८ असोजका दिन पार्टी जिल्ला समितिको संयोजनमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत् केन्द्र र संघीय सरकारलाई ज्ञापन पत्र बुझाउन निर्देशन दिइएको छ।

त्यसमा जिल्लाको कुनै बजारबाट विभिन्न दैनिक उपभोग्य बस्तु र निर्माण सामाग्रीको बजार मूल्य संकलन गरी ज्ञापन पत्रमा उल्लेख गर्नपनि भनिएको छ।

साथै, ‘मूल्यबृद्धिको तुलनात्मक चित्र प्रष्ट्याउन यो सरकार बन्नुअघि गत बर्ष माघ महिनाको बजार मूल्यपनि प्राप्त भएसम्म ज्ञापन पत्रमा उल्लेख गर्न’ भनिएको छ।

१६ पुष ०३३ मा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केपछि कांग्रेस केन्द्रीय समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको चियापानलाई जिल्लास्तरमा विस्तार गर्न पनि महामन्त्री खड्काले निर्देशन दिएका छन्।