कांग्रेस नेता मतगणनास्थलमै बेहोस, अस्पतालमा मृत्यु - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

कांग्रेस नेता मतगणनास्थलमै बेहोस, अस्पतालमा मृत्यु



नयाँदिल्ली : यहाँको मध्यप्रदेश राज्यस्थित सिहोर जिल्ला कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरको मतगणनास्थलमै हृदयघातबाट निधन भएको छ।

मतगणनास्थलमा बिहीबार बिहान १० बजेको समयमा उनलाई हृदयघात भएको थियो। त्यसलगत्तै ठाकुरलाई जिल्ला अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको ज्यान गएको भारतीय समाचार अनलाइन दैनिक भाष्करले जनाएको छ। अध्यक्ष ठाकुरलाई हृदयघात भएपछि उनको अवस्था जटिल बनेको थियो। उनी मतगणनास्थलमै ढलेका थिए।

स्वास्थ्य गम्भीर भएपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । जहाँ सिभिल सर्जन डा. भरत आर्यले ठाकुरको निधन भएको पुष्टि गरे। त्यसैगरी मध्यप्रदेशकै रायसेनमा विदिशा लोकसभाको मतगणनाका क्रममा कृषि उपसञ्चालक हरपाल सिंह ठाकुरको पनि हृदयघातबाट ज्यान गएको छ।