कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: यस्तो छ उम्मेदवार टुंग्याउने तयारी - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: यस्तो छ उम्मेदवार टुंग्याउने तयारी



काठमाडौं- नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने भएको छ। शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको नाम टुंगो लगाउने भएको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा समसामयीक राजनीति, उपनिर्वाचनमा पार्टीको रणनीति र पार्टीका केन्द्रीय विभाग गठन लगायतका विषयमा छलफल हुने छ।

कांग्रेसले संसदीय समिति गठन गरेको छैन। त्यसैले उम्मेद्वारको टुंगो लगाउने जिम्मा पदाधिकारी बैठकलाई दिइएको छ। यसअघि बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा पार्टीका तर्फबाट आएका उम्मेद्वारको नाममाथी छलफल भएको थियो।

प्रतिनिधि सभामा एक, प्रदेश सभामा तीन, स्थानीय तहका प्रमुखमा एक, अध्यक्षमा तीन, उपाध्यक्ष एक र ४३ वडा गरी ५२ पदका लागि उपनिर्वाचन हुँदै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक बस्ने छ।