कांग्रेस पार्टी कार्यालयमा नेकपा र जसपाका नेताहरू - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

कांग्रेस पार्टी कार्यालयमा नेकपा र जसपाका नेताहरू



काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नेकपा लगायतका नेताहरू पुगेका छन्।

कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकका लागि नेकपा र जनता समाजवादी पार्टीका नेताहरू पुगेका छन्।

बैठकका लागि पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुनल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बारे छलफल हुने र विरोध कार्यक्रम तय हुनेछ ।

आइतबार नै कांग्रेस, नेकपाको दाहाल-नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध कार्यक्रम गर्ने तय गरेका थिए ।

आइतबारको छलफलमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र जसपा नेता बाबुराम भट्टराईले संयुक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने बताएका थिए ।