काँग्रेस नेता गिरीको निधन
काठमाडौं- नेपाली काँग्रेसका नेता वेदु गिरीको निधन भएको छ । सुर्खेत घर भएका नेता गिरीको कोरोना संक्रमणबाट निधन भएको हो ।
क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना संक्रमण भएपछि निधन भएको बताइएको छ । लामो समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरीको शनिबार निधन भएको हो ।

एपेण्डीसाइटको अप्रेशन गरेको घाउ बिग्रिएर क्यान्सर भएका नेता गिरी भेरीगंगा नगरपालिकाका पार्टी सभापति समेत थिए । तरुण दल सुर्खेतको १३ वर्ष सभापति भएका गिरी नेपाली काँग्रेसको आसन्न महाधिवेशन प्रतिनिधि समेत हुन् ।