कांग्रेसले भन्यो : राउतसँगको सहमति मुलुकको हितमा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कांग्रेसले भन्यो : राउतसँगको सहमति मुलुकको हितमा



काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार र सीके राउतबीच भएको सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

कांग्रेस उपसभापति समेत रहेका निधिले राष्ट्रविखण्डनको त्यागेर आउनु मुलुकको हितको विषय भएको बताए ।

‘छुट्टै देश बनाउने अभियान त्यागेर आएको हो भने यो स्वागत योग्य हो’ निधिले भने‘ विखण्डनवादी अभियान त्यागेर यदि भित्रै देखि सहमति भएको हो भने यो मुलुकको हितका लागि हुन्छ ।’

देश विखण्डनको माग गर्दै आएका राउत र सरकारबीच शुक्रवार ११ बुँदे सहमति भएको छ ।