कांग्रेस संसदीय दलको बैठक बस्दै - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं–नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक पार्टी संसदीय दलको बैठक बस्न लागेको हो।

बैठकमा सत्तापक्ष दलको भूमिका र जिम्मेवारीका विषयमा छलफल हुने जनाइएको छ। यस्तै, कांग्रेस सांसदहरुले संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल हुने कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन्।