कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: के हुँदैछ छलफल ? - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: के हुँदैछ छलफल ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेका छन ।

पार्टी मुख्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । यसअघि शुक्रवारका लागि तोकिएको केन्द्रीय समिति बैठक स्थगित गरि आजका लागि बोलाइएको थियो।

शुक्रवार तीन दलको बैठक हुने भएपछि सभापति देउवाले आजका लागि केन्द्रीय समितिको बैठक डाकेका हुन्।

यसअघि आइतवार कांग्रेसको पदाधिकारी बैठक बसेको थियो। बैठक महाधिवशेन केन्द्रीत भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यतिखेर कांग्रेसमा क्रियाशील सदस्यता वितरण विवाद सुल्झिन सकेको छैन । यही विषयका साथै महाधिवेशनको मितिबारे थप छलफल हुने बताइएको छ।

त्यसैगरी नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरिसकेको कांग्रेसले यसबारे पनि केन्द्रीय सदस्यहरुको राय लिने जनाएको छ।